Thread Rating:
  • 0 Vote(s) - 0 Average
  • 1
  • 2
  • 3
  • 4
  • 5
नेपालमा BITCOIN कारोबार गर्दा ध्यान दिनु पर्ने महत्वपुर्ण कुराहरु
#1
BITCOIN कारोबार गर्दा ध्यान दिनु पर्ने कुराहरु

नेपालमा BITCOIN कारोबार गर्नको लागि कुनै Regulated Exchange छैन त्येसैले BITCOIN कारोबार एक आपसमामा मात्र गरिदै आइएको छ| चिनेजानेको साथीभाई, सहयोगी मित्र र पारिबारिक बाताबरण भित्र मात्र BITCOIN कारोबार हुदै आएको छ| तर सधै येतिमात्रै सम्भब नहुन सक्छ त्येतिबेला हामीलाई अर्को कोहि तेस्रो पक्ष्यसंग कारोबार गर्नु पर्ने हुन आउछ| जस्तै SOCIAL MEDIA, FORUM आदि प्रयोग गरेर BITCOIN को कारोबार गर्नु पर्ने समयमा हामीले अर्को पक्ष्यलाई राम्रो संग चिनेको हुदैनौ त्यस्तो अवस्थामा अर्को पक्ष्य जो व्यक्ति पनि हुन सक्छ अथवा उसको उदेश्य हामीले सोचे जस्तो पनि नहुन सक्छ जुन हामीलाई थाहा हुदैन पनि| हामीले BITCOIN किनबेच गर्दा कोइ व्यक्ति अथवा हामीले बेचेको/किनेको BITCOIN कुनै अपराधिक क्रियाकलापमा प्रयोग भएको छ भने त्यो अपराधमा हामी पनि सामेल भैरहेको हुन्छौ र त्यस्तो अपराधी/अपराधलाई हामीले पनि साथ दिएको मानिन आउछ| जसको परिणाम हामीले कानुन अनुसार भोग्नु पर्ने हुन्छ| त्यो नराम्रो कुरा हो| त्यसैले सबै BITCOIN प्रयोगकर्ताहरु सचेत हुनु एकदमै अपरिहार्य हुन आउछ|

BITCOIN कारोबार गर्दा निम्न कुराहरु मा ध्यान दिनु जरुरि देखिन्छ|

१) BITCOIN कारोबार गर्नको लागि कुनै एक आफुलाई बिश्वास लागेको प्लेटफार्म मात्रै प्रयोग गर्ने, Facebook तिर जस्तो देखिएको जथाभाबी  बिज्ञापन बाट टाढा नै रहनु बेस हुन्छ|
२) आफुले को संग कारोबार गरिदै छ उसको फोटो ID को प्रतिलिपि लिनु अनिबार्य मानिन्छ|
३) आफुले कारोबार गर्न लागेको व्यक्ति वास्तविक व्यक्ति हो या हैन त्यो प्रमाणीकरण को लागि Face to Face अन्तरबार्ता को लागि अनुरोध गर्ने (skype , viber  etc मा)
४) आफुले कारोबार गर्न लागेको व्यक्ति को रकम को श्रोत (Source of Funds) के हो त्यो सोधेर note गरेर राख्ने|
५) दुवै पक्ष्य सुरक्षित र भरपर्दो कारोबारको लागि विश्वासिलो मध्यस्तकर्ता (ESCROW ) को सहयोग लिने|
६) आफुले आफ्नो रकम प्रयोग गरेर BITCOIN खरिद गर्दाको मूल्य र त्यसलाई बेच्ने समयमा निस्केको फाइदा अथवा घाटा हिसाब गरि यसलाई आफ्नो व्यक्तिगत आम्दानीको हिसाबले बग्रिकृत गरि आफुले कमाएको अथवा गुमाएको हिसाब निकाली हरेक वर्ष नेपाल सरकारलाई 5% कर तिर्ने Smile
७) बुदा नम्बर ६ नेपालको परिबेसमा  एकदमै महत्वपुर्ण देखिन आउछ किनभने हामी BITCOIN प्रयोगकर्ताले BITCOIN लाई केवल VIRTUAL मुद्रा मात्र नठानी आफ्नो निजि सम्पति ठानेर त्यसै अनुरुप राम्रो संग ब्यबस्थापन गर्न सकेको परिबेसमा देशभरी नै सकारात्मक माहौल सिर्जना हुन गइ भोलिका आउने दिनहरुमा BITCOINलाई नेपालमा नियम कानुन सहित ब्यबस्थापन गर्न सरकारी निकाय अग्रसर हुने हामीले बिश्वास लिएका छौ|




Website: https://www.nepalbitcoin.club
Facebook: https://www.facebook.com/nepalbitcoinclub/
Twitter: https://twitter.com/nplbitcoinclub
Telegram: https://t.me/nplbitcoindotclub (for Developers)
Reply


Forum Jump:


Users browsing this thread: 1 Guest(s)