Thread Rating:
  • 1 Vote(s) - 5 Average
  • 1
  • 2
  • 3
  • 4
  • 5
नेपाली बजारमा नक्कली क्रिप्टोकरेन्सीको बिगबिगी
#1
नेपाली बजारमा नक्कली क्रिप्टोकरेन्सीको बिगबिगी

मैले यो भन्दा अगाडीको लेखहरुमा पनि उल्लेख गरिसकेको कुरा हो विश्व क्रिप्टोकरेन्सी बजारमा हालसम्म लगभग २००० भन्दा बढी क्रिप्टोकरेन्सी संचालनमा छन्| ति मध्ये धेरै जस्तो क्रिप्टोकरेन्सीहरु बिना कुनै आधार र वास्तविक क्रिप्टोकरेन्सीको रुपमा प्रयोगको लागि नभई उदेश्य बिनानै बनेका छन्| आजको दिनमा वास्तविक क्रिप्टोकरेन्सी बजारलाई मुल्यांकन गर्दा एकदमै थोरै मात्रै क्रिप्टोकरेन्सीहरु वास्तविक प्रयोगको लागि योग्य रहेको र त्यस्तो क्रिप्टोकरेन्सीमा लगानी गरेको खण्डमा मात्र भबिस्यमा राम्रो लाभ लिन सकिने स्थितिमा छन्| क्रिप्टोकरेन्सी केवल अरु मुद्राहरुसंग सटहीको लागि मात्रै बनाइएको हुदैन त्यसको एक ठोस उदेश्य रहेको हुन्छ| येदि कुनै पनि क्रिप्टोकरेन्सीले त्यस्तो ठोस उदेश्य र लक्ष्य राखेको हुदैन भने तेस्लाई बेकार (SCAM) मान्न सकिन्छ र त्यो कुनै पनि बेलामा लोप हुने निश्चित नै हुन्छ| यस्तो स्थितिमा नबुझीकन क्रिप्टोकरेन्सीमा लगानी गर्दा लगानीकर्ता को लगानी जोखिममा रहने मात्रै नभई सबै लगानी डुब्ने प्राय निश्चित नै हुन्छ| साथै कसैले नियतबस त्येस्तो काम गरिरहेको छ भने उसको भित्रि उदेश्य अरुको पैसा लिएर आफ्नो फाइदा को लागि मात्र प्रयोग गर्ने रहेको हुन्छ | यस्तो स्थितिमा हामीले बुझी नबुझी गरेको लगानीले आफुलाई नै हानी गरिरहेको हुदैन कि गलत नियतले नराम्रो काम गर्नेहरुलाई समेत फाइदा पुगिरहेको हुन्छ र आम जनमानसमा क्रिप्टोकरेन्सी र बिटक्वाइन को बारेमा नराम्रो भ्रम फैलाउन मद्दत पुगिरहेको हुन्छ|

नेपालको सन्दर्भमा भन्नु पर्दा नेपाली क्रिप्टोकरेन्सी बजार बास्तबिकता भन्दा पनि बढी काल्पनिक रहेको पाइन्छ| यहाँ धेरै मानिसहरुलाई क्रिप्टोकरेन्सीको बारेमा बिस्तृत ज्ञान नभएको, कतिले पहिलोपटक यसबारेमा सुन्दै गरेको त कोहि मानिस क्रिप्टोकरेन्सी बजारमा संलग्न रहेको भएपनि उनिहरुसंग वास्तविक प्रबिधिको धेरै ज्ञान (Technical Knowledge) नभएको पाइन्छ| जसको परिणाम क्रिप्टोकरेन्सीमा लगानी गरेर फाइदा उठाउन खोज्ने नेपाली लगानीकर्ताहरु सिधै ठगिने र उनीहरुले गरेको लगानी सबै फस्ने गरेको पाइएको छ| नेपालमै केहि व्यक्तिहरु विभिन्न Smart Contract Platform हरु प्रयोग गरेर नक्कली क्रिप्टोकरेन्सी जारी गर्दै नेपाली क्रिप्टोकरेन्सी भन्दै नया लगानीकर्ताहरुलाई बेचिरहेको पाइएको छ त कतिपय बिदेसी व्यक्तिहरु नेपाली व्यक्ति मार्फत अरु किसिमका क्रिप्टोकरेन्सी प्रचार प्रसारमा लागिरहेको पाइएको छ| यस्ता प्रकारका गतिबिधिले नेपालीहरु माझ क्रिप्टोकरेन्सी को बारेमा नराम्रो छबि सिर्जना गर्ने र आउने दिनहरुमा अझै धेरै मानिसहरु क्रिप्टोकरेन्सीमा लगानी गर्ने नाममा नक्कली  क्रिप्टोकरेन्सी तथा अन्य नेटवर्किंग ब्यापारको सिकार बन्न जाने कुरामा दुइमत हुदैन| यस्ता क्रियाकलापले  नेपालमा क्रिप्टोकरेन्सीको समग्र बुझाई नै फरक पर्ने र नकारात्मक माहोल खडा गर्न मद्दत पुग्ने भएकोले जो कोहिले पनि यस्ता कार्यमा संलग्न कोहि भेटेको खण्डमा उनीहरुलाई सचेत गराउने र आफु पनि सचेत रहनु उचित देखिन्छ|

क्रिप्टोकरेन्सीमा लगानी गर्नु भनेको एकदमै संबेदनशील कुरा हो| क्रिप्टोकरेन्सीमा लगानी गर्नको लागि तेस्रो पक्ष्य (Third Party) को आबस्यकता परेको हुदैन| यो सिधै आफैले लगानी गर्न सक्ने कुरा हो|त्यसैले यसबाट भबिस्यमा राम्रो लाभ उठाउन को लागि क्रिप्टोकरेन्सी क्षेत्रमा लामो समय देखि काम गर्दै आइरहेका बिज्ञहरुसंग आबस्यक छलफल गरेर मात्र लगानी गर्नु सबै भन्दा उत्तम हुन जान्छ|



Website: https://www.nepalbitcoin.club
Facebook: https://www.facebook.com/nepalbitcoinclub/
Twitter: https://twitter.com/nplbitcoinclub
Telegram: https://t.me/nplbitcoindotclub (for Developers)
Reply


Forum Jump:


Users browsing this thread: 1 Guest(s)