Thread Rating:
  • 0 Vote(s) - 0 Average
  • 1
  • 2
  • 3
  • 4
  • 5
नेपालमा बिटक्वाइन कसरि प्राप्त गर्न सकिन्छ?
#1
नेपालमा बिटक्वाइन किन्न र बेच्न को लागि कुनै एक्सचेंज छैन| नेपाल राष्ट्र बैंकले बिटक्वाइनमा प्रतिबन्धको घोसणा गरे संगै नेपालमा रहेको नेपाली रुपैया लिएर बिटक्वाइन सटही गर्ने एक मात्र बिटक्वाइन एक्सचेंज बिट्सेवा गत वर्ष नै बन्द हुन पुगेको थियो| त्यसपछि नेपालमा कुनै अधिकारिक एक्सचेंजहरु उपलब्ध छैन| नेपाल राष्ट्र बैंकको बिटक्वाइन प्रतिबन्ध गर्ने निर्णयले विश्व जगतले नै पछाईरहेको ब्लकचेन प्रबिधि क्षेत्रमा नेपालीहरुको अगाडी फड्को मार्न सक्ने क्षमता र इच्छा लाई साघुरो बनाइदिएको छ| अझै भनौ केहि नेपाली पत्रिकाहरुको बिटक्वाइन प्रतिको असत्य र भ्रामक समाचार र बिटक्वाइन कारोबार गरेको भेटेमा राष्ट्र बैंकले गर्न सक्ने कारबाहीको कारणले आम जनमानसमा एक प्रकारको त्रास नै उत्पन्न भएको छ| एक आपसमा बिटक्वाइन कारोबार गर्न कुनै ठोस प्रकारको सरकारी अनुमति नचाहिने भएता पनि राज्यले नै नियमन गरेर देश भित्रै कानुनी रूपमा दर्ता भएको कम्पनीले सेवा उपलब्ध गराउन सकेको खण्डमा सबैमा बिश्वासको बाताबरण सिर्जना हुन गइ आम नेपालीले निर्धक्क भएर बिटक्वाइन किन्ने बेच्ने गर्न पाउने थियौ तर अहिले नेपालमा त्यो अवस्था छैन|


प्राबिधिक हिसाबले बिटक्वाइन तथा क्रिप्टोकरेन्सीलाई नेपाल राष्ट्र बैंकले भने जस्तो पूर्ण प्रतिबन्ध लगाउन सम्भव हुदैन| यो असम्भब कुरा हो| तर हामीहरुले एक वर्ष बितिसक्दा पनि बिटक्वाइन गैरकानुनी भन्ने नेपाल राष्ट्र बैंकको एक सूचना बाहेक आधिकारिक निकाय अथवा व्यक्तिहरुबाट बिटक्वाइन लाई के कसरि अध्ययन अनुसन्धान गरिदै छ भन्ने बारेमा अरु केहि थप जानकारी हासिल गर्न सकेका छैनौ| त्यसैले नेपालको हालको परिस्थितिमा नेपालमा बिटक्वाइन कारोबारलाई भूमिगत बनाइदिएको छ| नेपालमा बिटक्वाइन अहिले कालोबजारी हुन्छ| सरकारी निकाय प्रबिधिनै नबुझी आम जनमानसमा केवल डर र त्रास उत्पन्न गराएर बिटक्वाइन कारोबारलाई रोक्न अघि सरेको देखिन्छ भने कालोबजारी गर्नेहरु येस्तै मौकालाई आफ्नो व्यक्तिगत फाइदाको लागि उपयोग गर्न ब्यस्त देखिन्छन| कालोबजारी मात्रै नभई किन्ने बेच्ने मानिसहरु बीच एक आपसमा चिनेको सम्बन्ध र बिश्वास नहुदा कतिपय मानिसहरु ठगिन समेत पुगेको सुनिन आएको छ| कसैले पैसा लिएर बिटक्वाइन नदिने वा बिटक्वाइन लिएर पैसा नदिने सम्मका घटनाहरु हामीले सुन्न थालेका छौ| बिटक्वाइन प्रयोगकर्ताहरु आफ्नो गुनासो वा उजुरी लिएर प्रहरी अथवा प्रसासन समक्ष्य जान नमिल्ने सरकारी बाताबरणले गर्दा बिटक्वाइनमा यस्ता प्रकारको ठगि र अपराध मौलाउदै जाने निश्चित छ त्यसैले सबैले सकेसम्मको साबधानी अपनाउनु जरुरि देखिन्छ| र केवल चिनेको र परिचित मान्छेहरुसंग मात्र लेन देन गर्नु उचित देखिन्छ|

नेपालमा रहेका नेपालीहरुसंग बिटक्वाइन तथा क्रिप्टोकरेन्सी प्राप्त गर्ने विकल्प भनेको या त नेपालमै कालोबजारमा बिटक्वाइन खरिद गर्नु पर्ने हुन्छ अथवा आफ्नो साथीभाई वा आफन्त कोइ विदेशमा हुनु हुन्छ भने उहाहरुलाई बिटक्वाइन किन्न लगाएर आफुलाई पठाउन लगाए मात्र बिटक्वाइन प्राप्त गर्न सम्भब देखिन्छ| त्यस्तै खरिद गर्नु बाहेक बिटक्वाइन प्राप्त गर्ने अर्को श्रोत भनेको आफ्नो साथी भाई कोइ बिटक्वाइन Mining मा हुनु हुन्छ भने उहाहरु संग Mining मा समाबेस भइ बिटक्वाइन प्राप्त गर्न सकिने हुन्छ| आफुलाई सुरक्षित लागेको र भरपर्दो बाटो अपनाएर मात्र बिटक्वाइन प्राप्त गरौ तर ठगि हुनबाट जोगिऔ र अरुलाई पनि ठगिबाट जोगिन सचेत गराऊ|





Website: [/url]https://www.nepalbitcoin.club
Facebook: https://www.facebook.com/nepalbitcoinclub/
Twitter: https://twitter.com/nplbitcoinclub
Telegram: https://t.me/nplbitcoindotclub (Developers forum)
[url=https://t.me/joinchat/HxIKcQrz8bPfAlp_B-blSw]
Reply


Forum Jump:


Users browsing this thread: 1 Guest(s)